पानी पिएको निहुँमा शिक्षकद्वारा कुटिएका दलित बालकको दुखान्त

पानी पिएको निहुँमा शिक्षकद्वारा कुटिएका दलित बालकको दुखान्त

भारतमा शिक्षकको कुटाइबाट एक बालकको ज्यान गएको छ । राजस्थानमा दलित समुदायका नौ वर्षीय बालकले शिक्षकका निम्ति राखिएको पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको हो ।

हत्या गरेको आरोपमा शिक्षक पक्राउ परेको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । सो घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकको उपचारको क्रममा अस्पतालमा हिजो निधन भएको हो । मृतक बालकको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको बताइन्छ ।

यस्तै,मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

टिप्पणीहरू