प्रधानमन्त्री विरोधी समूह पनि बालुवाटारमै

प्रधानमन्त्री विरोधी समूह पनि बालुवाटारमै

नेपाली काँग्रेसका नेता शेखर कोइराला आफू पक्षका नेताहरूसँग छुट्टै छलफल गर्ने तयारीमा लाग्नु भएको छ । निकट नेताहरूसँग चुनावी सिट बाँडफाँडका बारेमा आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा छलफल गर्ने बताइएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको विषयलाई लिएर रणनीति तयार गर्न छलफल हुन लागेको कोइराला निकट स्रोतले जानकारी दिएको छ ।

संस्थापन पक्षसँग असन्तुष्ट उक्त समूहले आगामी निर्वाचनमा सिट बार्गेनिङको लागिसमेत नयाँ रणनीति तयार गर्न लागेको बुझिएको छ । यो समूहले हिजो पनि भेला डाकेको थियो ।

टिप्पणीहरू