बढार्नु र उठाउनुपर्ने फोहोर पानीमा बग्यो

बढार्नु र उठाउनुपर्ने फोहोर पानीमा बग्यो

हिजो अपरान्हदेखि आज बिहानसम्म परेको लगातारको वर्षाले राजधानी काठमाडौंका धेरै स्थान जलमग्न भएको छ । उपत्यकाका सबै नदीको जल सतह खतराको विन्दुभन्दा माथि पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले थप सतर्कता अपनाउन आग्रह गरेको छ । आज पनि मेघगर्जन, चट्याङसहित धेरै ठाउँमा वर्षाको सम्भावना रहेको बताइएको छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–१,बाग्मती र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

घनघोर वर्षाको सम्भावना रहेकाले भू–क्षय,पहिरो,नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न र दैनिक जनजीवन अवरुध्द हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच हिजो दिउँसो र आज बिहानसम्म काठमाडौंका चोक र सडकमा थुपारिएका फोहोरको थुप्रो पानीले बगाएको छ । भेलका कारण अधिकांश फोहोर सडक र ढल हुँदै नदीमा पुगेको छ ।

महानगरपालिकाले फोहोर बिसर्जन नगरेका कारण राजधानी काठमाडौं दुर्गन्धित भएको छ ।

भिडियो स्रोत : नारायण अमृतको ट्वीटर

टिप्पणीहरू