प्रचण्डको बाबुरामसँग, प्रधानमन्त्रीको प्रचण्डसँग साउती सल्लाह

प्रचण्डको बाबुरामसँग, प्रधानमन्त्रीको प्रचण्डसँग साउती सल्लाह

आगामी निर्वाचनमा हुने गठबन्धन, सरकार सञ्चालन,शीतल निवासमा अड्केको नागरिकता विधेयकलगायतका विषय थप पेचिलो बन्दै गएपछि राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटघाट भइरहेको छ । पछिल्लो पटक सोही विषयमा खुमलटार र बालुवाटारमा तारन्तार बैठक भएको बताइन्छ ।

ललितपुरको खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा हिजो पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भयो । उहाँहरुबीच बिहानको समयमा करीब ४५ मीनेट कुराकानी भएको थियो ।

बिहान निवासमा अन्य नेता तथा कार्यकर्तासँग भेटवार्ता गर्नुभएका प्रचण्ड हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार पुग्नुभएको हो । उहाँ र प्रधानमन्त्रीबीच दिउँसो सवा घण्टा लामो छलफल भएको बताइन्छ ।

टिप्पणीहरू