झण्डै करोडका अवैध सामान बोकेको ट्रकमा एक हजार केजी कपाल

झण्डै करोडका अवैध सामान बोकेको ट्रकमा एक हजार केजी कपाल

झापामा बिल बिजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको छ । गौरादह नगरपालिका ७ बाट सशस्त्र प्रहरी बलले ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिल नभएका सामान बोकेको ट्रकसहित उनलाई पक्रेको बताइएको छ ।

बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षीय धनीलाल राजवंशीलाई सशस्त्र प्रहरी बलको नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्रेको हो ।

काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१९६ नम्बरको ट्रकमा राखिएको उक्त मूल्य बराबरको नौ सय ९० केजी रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद ट्रकसहित राजवंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

टिप्पणीहरू