अर्को देशमा पनि वामपन्थी राष्ट्रपतिको आगमन

अर्को देशमा पनि वामपन्थी राष्ट्रपतिको आगमन

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पहिलो पटक एकजना वामपन्थी नेता राष्ट्रपति चुनिएका छन् । ६० वर्षीय पेड्रो (गुस्ताभो फ्रान्सिस्को उर्रेगो) ले अगस्ट ७ मा पदको शपथ लिइसकेका छन् ।

उनी सन् २०११ मा गठित ह्युमन कोलम्बियाका नेता हुन् । यो मध्य वामन्थिी दल हो । उनी अर्थशास्त्री पनि हुन् । यसअघि राजधानी बोगोटाको मेयर रहेका उनी सन् १९७० को दशकमा सरकारविरुद्ध लडेको र संगठन एम १९ का खुंखार छापामार थिए ।

एम १९ ले दक्षिण अमेरिकाका हिरो सिमोन बोलिभारको आदर्शसहित क्रान्तिकारी समाजवादको स्थापनालाई आफ्नो लक्ष्य मानेको थियो । यो समूहले छापामार नेता चे ग्वेभारा र उनका फ्रान्सिसी मित्र रेगिस डेब्रेलाई पनि आदर्श पुरुष मानेकै हो ।

सन् १९७४ देखि सन् १९९० सम्म कोलम्बियाको दक्षिण तथा मध्यभागतिर छापामार गतिविधिमा सक्रिय यो संगठन सबैभन्दा ठूलो माक्र्सवादी छापामार संगठन (फार्क) पछिको संगठन हो । यसले विदेशी दूतावास कब्जा गर्ने, बम पड्काउने, अपहरण जस्ता गतिविधिमा संलग्न रहने गरेको थियो ।

नवनिर्वाचित राष्ट्रपति पेड्रो उक्त संगठनमा १७ वर्षकै उमेरदेखि लागेका हुन् । पछि उक्त दल खुल्ला निर्वाचनमा सामेल भयो र उल्लेखनीय सिट जित्नसमेत सफल भयो । पेड्रो पनि सन् १९९८ मा तल्लो संसद चेम्बर अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भए र सन् २००६ सम्म सो पदमा रहे । राष्ट्रपति पेड्रोकी श्रीमती भेरोनिका अल्कोसर हुन् । भेरोनिका उनकी तेस्री पत्नी र उनी ५ सन्तानका पिता हुन् ।

टिप्पणीहरू