माधव नेपालद्वारा आफ्नै पार्टीभित्र पद,पैसा र गुटबन्दीको चर्चा

माधव नेपालद्वारा आफ्नै पार्टीभित्र पद,पैसा र गुटबन्दीको चर्चा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यकर्तादेखि नेतासम्म बढ्दै गएको गलत प्रवृत्तिबारे मुख खोल्नुभएको छ । उहाँले पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पद र पैसाको निम्ति जे पनि गर्ने सोच हावी हुँदै गएको उल्लेख गर्नुभएको छ ।

हिजो पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा भन्नुभयो,‘पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पद नपाए गुटबन्दी गर्ने र स्वार्थको निम्ति जे पनि गर्ने व्यक्तिवादी स्वार्थ देखिन थालेको छ । यो राम्रो लक्षण होइन । विधि र पध्दतिलाई अस्वीकार गर्ने जमात हाम्रो पार्टीमा पनि बढ्दै गएको छ ।’

अध्यक्ष नेपाल हिजोको कार्यक्रमपछि कोरोना संक्रमण पुष्टि भएकाले घरमै एकान्तवास बस्नुभएको छ ।

टिप्पणीहरू