जासुसीको जिम्मा छाडेर हिँड्नै लागे जर्नेल

जासुसीको जिम्मा छाडेर हिँड्नै लागे जर्नेल

युक्रेनमा छ्यास्स सलाई को¥यो, रुसलाई समेत अर्बाैं डलरको क्षति, ताइवानमा घाचघुच ग¥यो चीनलाई पैसा, जनशक्ति र तनावको खति । के अब यही रोग भारततिर पनि सर्न लागेको हो ? किनभने आगामी मध्ये अक्टोबरमा चिनियाँ सीमा नजिकै अमेरिका र भारतीय सेनाबीच संयुक्त युद्धअभ्यास हुन लागेको छ । यो सिमानाबाट ६२ माइल पर उत्तराखण्डको औली भन्ने १० हजार मीटर उचाईको ठाउँमा हुने तयारी छ ।

उता, अबको ३ साताभित्र नेपाली सेनाको तर्फबाट निर्मल थापा अनडोफ मिसनमा फोर्स कमाण्डर भएर सिरिया र जोर्डनबीचको गोलान हाइट जान लागेका छन् । यस्तो जिम्मेवारीमा अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापा र त्यसपछि हालै अवकाश प्राप्त जर्नेल ईश्वर हमाल थिए ।

अनडोफमा फोर्स कमाण्डर तोकिने निर्मल नेपालका सातौं जर्नेल हुन् । मुस्ताङस्थित नीलगिरि हिमाल फेदीमा माउण्टेन वारफेयर तालिम गरेको टोलीले गोलानहाइटमा ड्युटी लिन्छ ।

अर्कातिर, पूर्वराजा वीरेन्द्रका एडिसी ताराबहादुर थापाका छोरा सागरलाई जंगी अड्डाले कार्यरथीमा पदस्थापन गरेको छ । त्यसअन्तर्गत सैनिक प्रहरी, गेट ड्युटी, सभा, समारोह, चाडपर्व पर्छन् । यसको काम युनिटहरूबाट डेटुडे रिपोर्ट संकलन गरेर सामान्य मुद्दा मामिला हेर्ने र शुरु छानवीन गरेर सैनिक अदालतमा पठाउने हो ।

अपरेशन विभाग छाडेर सिरिया जाने जर्नेल निर्मल थापाको दरबन्दी भने केही समयको लागि इन्टेलिजेन्समा राखिएको छ । त्यहाँका प्रदीप केसी सम्भाररथीमा गएका छन् । त्यसले सेनाभित्रको खरिद बिक्री हेर्ने गर्दछ । गुप्तचरी दरबन्दी भए पनि मुख्य मान्छे निर्मल अब स्वदेशमा हुँदैनन् । यसर्थ उनीपछिका सुनिल श्रेष्ठले केही समय इन्टेलिजेन्स चलाउने सम्भावना छ ।

उनी तिनै व्यक्ति हुन्, जसले ०५८ जेठ १९ को दरबार हत्याकाण्डपछि छाउनीबाट फर्किने क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि सर्वसाधारणले ढुंगामुढा गर्दा बचाएका थिए । भनिन्छ, इन्टेलिजेन्स डिजिएमआईमा भदौपछि बढुवा हुने टोलीबाट प्रमुख खटाइने सम्भावना छ ।

सेनामा अब भदौको अन्तिम र असोज नभई बढुवा खुल्ने सम्भावना छैन । त्यहीबेला उपरथी सीताराम खड्का रथी हुने लाइनमा छन् । प्रधानसेनापतिपछिको दोस्रो हैसियतका जर्नेल बालकृष्ण कार्की भदौमा घर गएपछि तीनतारे जर्नेलको पद खाली हुने हो ।

टिप्पणीहरू