समाजवादीका सबै मन्त्री आलोकनगरमा

समाजवादीका सबै मन्त्री आलोकनगरमा

नेकपा एकीकृत समाजवादीका तर्फबाट संघीय सरकारका मन्त्रीहरु आज एकैसाथ पार्टी मुख्यालय आलोकनगर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आज बिहान एकैचोटी पार्टी कार्यालय गएको बताइन्छ । पार्टी मन्त्रीहरुसहित महासचिव बेदुराराम भुसाल र उपमहासचिव गंगाराम तुलाधरबीच करिब डेढ घण्टा छलफल भएको हो ।

गाडीमा झण्डा हल्लाउँदै ११ बजेतिर आलोकनगर पुगेका चारै जना मन्त्री साढे १२ बजे निस्किएका थिए । आजको भेटघाटमा पार्टी अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित हुनुहुन्थ्यो । उहाँ कोरोना संक्रमणका कारण हिजोदेखि घरभित्रै एकान्तवास बस्नुभएको हो ।

टिप्पणीहरू