ट्रक र मोटरसाइकल ठोक्कियो, चालक बिते

ट्रक र मोटरसाइकल ठोक्कियो, चालक बिते

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका–१, बर्रोहियामा ट्रक र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–३ करुवानीका ४० वर्षीय उमाशंकर यादव हुन् । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु. १ ख ४५१६ नम्बरको ट्रक र अर्को दिशाबाट आइरहेको यादवले चलाएको लु.७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ । दुर्घटना हिजो साँझ भएको हो ।

टिप्पणीहरू