पहरो बिस्फोट गराउने सैनिक भीरबाट लडेर बिते

पहरो बिस्फोट गराउने सैनिक भीरबाट लडेर बिते

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा एक सैनिकको भीरबाट लडेर ज्यान गएको छ । सडक निर्माणको क्रममा भीर छिचोल्न बम बिस्फोट गराउन तयारी अवस्थामा राखिएको मेसिन जाँच गर्न जाँदा उनीे चिप्लिएका हुन् ।

सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भीरबाट खसेपछि अस्पतालमा मृत्यु भएको बताइन्छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत लामिछाने भीरबाट झण्डै एक सय मिटर तल खसेका थियो । सोही भीरबाट लडेका अर्का हरिराम विष्ट घाइते छन् ।

घाइते विष्ट र लामिछानेलाई तत्काल हेलिकप्टरबाट हिजो नै सुर्खेत लगिएको थियो । विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू