एकान्तकुनामा घट्यो, अन्यत्र बढ्यो

एकान्तकुनामा घट्यो, अन्यत्र बढ्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आजबाट लागू हुने गरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन कोटा थपघट गरेको छ ।

लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न मन्त्रालयले आवदेनको संख्यामा थपघट गरेको हो ।

‘सेवाग्राहीको चापलाई दृष्टिगत गरी आज बेलुकी साढे ४ बजेबाट लागू हुने गरी मातहतको कार्यालयबाट तोकिएका दिनको लागि आवेदन दिन सकिने संख्यामा थपघट गरिएको छ’, जारी सूचनामा भनिएको छ ।

जसअनुसार यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको आवेदन कोटा घटेको छ भने अन्यको बढेको छ । यसअघि दैनिक ४७५ वटा आवेदन लिईंदै आएकोमा हाल घटाएर ४२५ पुर्याइएको छ ।

त्यस्तै, ठूलोभर्याङमा विद्यमान कोटा ३० बढाएर आठ सय, राधेराधेमा छ सय ९५ बाट नौ सय ५०, चाबहिलमा चार सय ७० बाट आठ सय र हेटौंडामा दोब्बर बनाइएको छ । मन्त्रालयले तीन सय ५० बाट बढाएर सात सय बनाएको हो ।

सेवाग्राहीहरुले अनलाइन मार्फत् पनि लाइसेन्सको निम्ति आवेदन दिन सक्नेछन् ।

टिप्पणीहरू