पशुपतिमा यस्तो देखियो जनैपूर्णिमा (फोटो फिचर)

पशुपतिमा यस्तो देखियो जनैपूर्णिमा (फोटो फिचर)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरेर ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाँध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनै र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदयभन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले शुभ दिन मानिन्छ ।

टिप्पणीहरू