खोलामा पौडी खेलेका दुई बालबालिका डुबे

खोलामा पौडी खेलेका दुई बालबालिका डुबे

झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । शिबसताक्षी नगरपालिका–९ स्थित आइतबारे बस्ने ११ वर्षीया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो ।

उनीहरु नगरपालिका–७ स्थित सताक्षी खोलामा डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार राति अबेरसम्म घर नआएपछि खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको टोलीले शव फेला पारेको हो ।

शवको उद्धार गरी पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल झापा लगिएको छ ।

टिप्पणीहरू