दु:खी छन् नासु,कसले देख्यो र आँशु « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

दु:खी छन् नासु,कसले देख्यो र आँशु

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार २०:४५


नायव सुब्बाहरुको आन्दोलनलाई सघाउन सडक तताउने निर्णय गरेका निजामती कर्मचारीको राष्ट्रियस्तरका ट्रेड युनियनहरुले आज माइतीघर मण्डलामा विरोधसभा गरेका छन् ।

सत्तारुढ नेपाली काँग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी, जसपासम्बध्द कर्मचारी संगठनसँगै प्रतिपक्षी एमालेका कर्मचारीहरु अपराह्न माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन र सभा गरेका हुन् । नासुहरुको आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाउने निर्णय गर्दै सडकमा उत्रिएका उनीहरुले कर्मचारीको तलव बृध्दि, कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन कार्यान्वयनलगायत अन्य मागसमेत राखेर चर्को नारावाजी गरेका थिए ।

सो क्रममा आन्दोलनकारी कर्मचारीहरुले ‘संघीय निजामती सेवा ऐनमा तहगत प्रणाली लागू !’, ‘नासुकाे देख्नु भएन आँशु ?’, ‘विभेदरहित संघीय निजामती सेवा ऐन तुरुन्तै जारी गर’, ‘निजामती प्रशासनमा वर्गीय प्रणाली लागू गर’, ‘हरेक पाँच वर्षमा एक तह बृध्दि गर’, ‘सरूवामा स्वचालित वैज्ञानिक चक्रिय र पूर्वानुमानयोग्य हुने व्यवस्था गरियाेस्’, लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

निजामती कर्मचारी संयुक्त ट्रेड युनियनकाे आयाेजनामा भएको विरोधसभामा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावल,एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहनकुमार घिमिरे,नेपाल मधेशी निजामती कर्मचारी मन्चका अध्यक्ष भुवनेश्वर चौधरीसहित झण्डै तीन सयको हाराहारीमा कर्मचारीहरु सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !