युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला जेल चलान « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला जेल चलान

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार १९:३०


चितवनमा युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने एउटी महिला पुर्पक्षको निम्ति जेल पुगेकी छन् । भरतपुर १, नारायणगढमा होटल सञ्चालन गर्दै आएकी कल्पना महरालाई जिल्ला अदालतको आदेशपछि जेल पुरयाइएको हो ।

उनले रकमको प्रलोभनमा २२ वर्षीया युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पीडितले जाहरी दिएकी हुन् । सोही आधारमा गत असार ३१ गते पक्राउ परेकी ४० वर्षीया महिलाविरुद्ध मानव बेचविखनमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

अदालतले हिजो उक्त आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस !