आमा झुण्डेर मरिन्, छोराको उजुरीमा बुबा पक्राउ « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

आमा झुण्डेर मरिन्, छोराको उजुरीमा बुबा पक्राउ

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार १९:१०


चितवनमा झुण्डेर मृत्युवरण गरेकी महिलाका श्रीमानलाई प्रहरीले पक्रेको छ । गत सोमबार खैरहनी नगरपालिका १, सिमलघारी बस्ने ४२ वर्षीया लक्ष्मी मिजार आफ्नै घरको कोठामा दराजको ह्याण्डिलमा सलको पासो लगाएर झुण्डिएकी थिइन् ।

तर मृतकका छोरा राहुल मिजारले बुवा रमेश मिजारविरुद्व आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि रमेशलाई प्रहरीले पक्रेको हो । अस्ति पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेपछि उनीमाथि थप अनुसन्धान गर्न म्याद थपको अनुमति प्राप्त भएको छ ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !