पाँच दर्जनबढी पालिकामा बजेट अझै आएन « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

पाँच दर्जनबढी पालिकामा बजेट अझै आएन

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार २१:००


नयाँ आर्थिक वर्ष शुरु भएको एक महिना बित्न लाग्दासमेत ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पेश गरेका छैनन् । ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै मधेश प्रदेशका स्थानीय तहको बजेट पेश हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नम्बर १ का तीन, मधेस प्रदेशका ३९, बागमती प्रदेशका चार, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !