भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

चलचित्र विकास बोर्डको अध्यक्षमा भएको भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उक्त बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्तिविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको भन्दै अध्यक्ष पदको नियुक्ति बदर गर्न उनीहरुले माग गरेका छन् । उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको आरोप लगाएका छन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीविरुद्धको रिट निवेदन दर्ता भइसकेको जानकारी दिएका छन् । केसी विरुद्धको मुद्दा आगामी सोमबारका लागि पेशी तोकिएको छ ।

टिप्पणीहरू