प्रहरी महानिरीक्षकको १०० दिनको काम : स्थानीय निर्वाचन सम्पन्न गराउनु पहिलो उपलब्धि

प्रहरी महानिरीक्षकको १०० दिनको काम : स्थानीय निर्वाचन सम्पन्न गराउनु पहिलो उपलब्धि

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो पहिलो उपलब्धि भएको बताउनुभएको छ ।

आफूले जिम्मेवारी सम्हालेपछि ठूला र जघन्य अपराधको संख्या घटेको सिंहको दाबी छ । सामाजिक अपराधमा बलात्कार,जबर्जस्ती करणी, महिला हिंसाका घटना बढे पनि अपहरण, चोरी डकैती जस्ता जघन्य अपराधमा कमी आएको उहाँको भनाइ छ ।

आज प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकारहरूसँगको भेटघाटमा बोल्दै सिंहले आफूले नेतृत्व सम्हालेपछि १७ प्रतिशत राजश्व वृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको छ । कोभिडको समयमा कम देखिएको अपराधको प्रवृत्ति अहिले बढ्दै गएकाले पहिलेको भन्दा अहिले सामाजिक अपराधका घटना बढेको उहाँको विश्लेषण छ ।आगामी निर्वाचन पनि भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरी तयार रहेकाले म्यादी प्रहरीको संख्या बढाउन लागिएको प्रहरीको विवरणमा उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ मन्त्रालयसँग सम्बन्धित सिसिटिभी फुटेजको हालै भएको परीक्षणलगायत विषयमा सोधिएको जिज्ञासामा उहाँले टिप्पणी गर्न चाहनुभएन ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/पत्रकार-भेटघाट-कार्यक्रम-२०७९-०४-२६.pdf”]

टिप्पणीहरू