आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो

आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो

आज मुलुकभर आठ सय १५ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार पाँच सय ३४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय ७६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव दुई प्रतिशत छ । मुलुकभर अझै पाँच हजार आठ सय ६९ जना सक्रिय संक्रमित छन् ।

सो अवधिमा काठमाडौँ उपत्यकामा दुई सय ४९ जना कोरोना संक्रमित फेला परेका हुन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९ सय २२ रहेको छ । भक्तपुरमा ८९ र ललितपुरमा आठ सय ६८ जना छन् ।

आज पनि संक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू