खाली चेक भिडाउने क्षेत्री समातिए

खाली चेक भिडाउने क्षेत्री समातिए

बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै रित्तो चेक दिएर झुक्याउने एक जना समातिएका छन् । बाग्लुङ नगरपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ३, बसुन्धारा बस्ने ५२ वर्षीय छत्रबहादुर रोक्कालाई प्रहरीले हिजो पक्रेको हो ।

उनले जग्गा खरिदको लागि दिएको बैना रकम फिर्ता गर्ने क्रममा उपलब्ध गराएको चेकको भुक्तानी हुन नसकेपछि पक्राउ परेका हुन् ।

बसुन्धाराबाट नियन्त्रणमा लिइ थप कारवाहीकोे निम्ति प्रहरी बृत्त नयाँ बानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू