सिटिजन्स बैंकका ग्राहकलाई नदीमा पनि छुट

सिटिजन्स बैंकका ग्राहकलाई नदीमा पनि छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले कैलालीको टिकापुरस्थित कर्णाली रयाफ्टिङ एण्ड एडभेन्चर प्रालिमा विशेष छुट पाउने भएका छन् । छुट सम्बन्धी समझदारी पत्रमा हिजो दुई पक्षबीच हस्ताक्षर भएको हो ।

अब सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली र्याफ्टिङका प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बताइएको छ । यसले ग्राहकलाई छुटको सुविधा र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले लक्ष्य राखेको छ ।

बैंकले वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि कियोस्क तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने जस्ता सुविधाको शुरुवात समेत गरिसकेको छ ।
ग्राहकहरूले बैंक सम्बन्धी जिज्ञासा तथा समस्याको छिटो समाधान गर्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरेको जानकारी दिएको छ ।

टिप्पणीहरू