जंगी अड्डाका यी जर्नेलको ज्यादति

जंगी अड्डाका यी जर्नेलको ज्यादति

नेपाली सेनाको कानुन हेर्ने विभाग (प्राड) का हाकिम उपरथी रत्नप्रकाश थापाको कार्यसम्पादनसम्बन्धी बेलिविस्तार पठाएका छौं । स्थान दिइदिनुहुन विनम्र अनुरोध छ । हात्तीको देखिने र चपाउने दाँत दुनियाँले थाहा पाउनु जरुरी छ । हालका सोझा र कमजोर सेनापतिबाट निजमाथि छानबिन र कारवाही हुने सम्भावना कमजोर भएकाले मिडिया गुहार्नुपरेको हो ।

१० वर्षदेखि संक्रमणकालिन न्यायको नाममा प्राप्त वार्षिक बजेटको रकम बिल भरपाई मिलाई खाएको । कानून अधिकृतलाई पटक पटक कोट किन्न भनी आएको रकमले गोजी भरेको । पैसा लेखाबाट बजेट लिई जर्नलचाहिँ प्रकाशित नगरेको । चौमासिक रुपमा प्राप्त हुने वार्षिक बजेटलाई झुठा बिल भरपाई बनाई लिने खाने गरी चौमासिक सकिनासाथ निजगढमा जग्गा खरिद गर्ने गरेको र हालसम्म २ बिगाह जोड्न सफल भएको ।

वास्तविक जन्ममिति २०२०।०५।२० रहेकोमा पछि २०२३ साल भएको अर्को नागरिकता लिई एसएलसीको प्रोभिजनल प्रमाणपत्र अर्को बनाउन झुठा तथ्य खडा गरी स्याङ्जा जन्मेका व्यक्तिको काठमाडौं जिल्ला प्रशासनबाट सिफारिस बनाई सैनिक विशेष अदालतका समकक्षी न्यायाधीशलाई अनुचित प्रभावमा पारेर जंगी अड्डामा रहेको जन्ममिति २०२०।०५।२० प्राड उपरथी होमकुमार लावतीसमेतको बोर्डबाट सच्याई २०२३।०५।२० बनाउन सफल भएको । सोही आधारमा हालसम्म प्रमुख भई भष्टाचारजन्य कार्य गर्दै आएको ।

काभ्रे जिल्ला अदालतमा भएको डाँका, चोरी मुद्दामा फरार अभियुक्तसहित, ढाँटी छली सेनामा भर्ना भएका र अविवाहित भनी घरेलु हिंसा गरेकोमा जेठी श्रीमतीकी छोरी शिल्पा रञ्जितकारले निवेदनउपर कुनै कारवाही नभएको । भगौडा सैनिकहरुबाट ५० हजार नगद लिई कारवाही कम गराउने गरेको । रक्षा मन्त्रालयबाट अवकाश प्राप्त पोखरेलका छोराको मुद्दामा सेनापति समेतलाई झुक्याई आफ्नै साथी बलबहादुर राईलाई वकिल राख्न लगाई १० लाख रकम खाएकोमा सेनापतिले थाहा पाई गाली गरेको ।

यसैगरी इन्द्र रायमाझीबाट कोसेलीबापत २ लाख रकम खाई मुद्दा कमजोर बनाउन लाग्दा पूणचन्द्रले थाहा पाएर गाली गरेपछि रकम फिर्ता गरेको, नैनराज दाहालकी श्रीमती अफिसमै आई कोसेली बुझाएर मुद्दा कमजोर बनाउन खोजेको तर नसकेको, शारदाभक्त मटाङ्गगलबाट राजकुमार रञ्जितमार्फत ५ लाख लिई मुद्दा जिताएको । सरु थापाबाट मृगेन्द्र बस्नेतले १० लाख लिई सफाई दिएको र बैंकको ऋण तिरेको ।

बार्गेनिङ्ग स्थल आफनो घरअगाडिको नमोबुद्ध रेष्टुरेण्टलाई बनाएको । लेफ्टिनेन्ट कर्णेल चन्द्रप्रकाश चापागाईंबाट कोशेली असुल गरी सेनापति थापालाई सजायँ कम गर्न सल्लाह दिएको, सेनापतिले गाली गरी पठाएको, रकम फिर्ता गरी पत्रपत्रिकामा निकाल्न सल्लाह दिएको । श्रेष्ठ थरकी महिला, थापा थरका हवल्दार, सहनी, रानाको मुद्दामा कोशेली लिई मुद्दा जिताएको । सर्वोच्च अदालतका न्यायाधीश मेरो घरमा तास खेल्न आउँछन् भन्दै हिँड्ने उनी मुद्दा मिलाउनका लागि बजेट शाखाबाट बजेट माग गर्दछन् ।

आफ्नो स्वास्थ्य विवरणसमेत आफूसरहको उचाइ भएका अधिकृतको टाँसी फारममा रहेको विवरण पत्तीले खुर्केको कपी सैनिक सचिव बिभागमा छ । केही सैनिकको मात्र मितिको पत्राचार रक्षा मन्त्रालयमा पठाउनु तर निजको जन्ममिति सेनाबाट नै सच्याउने गर्दा उनको प्रभाव कति रहेछ स्पष्ट देख्न सकिन्छ ।

सैनिक अदालतबाट जरिवानाबापतको १ करोडभन्दा बढी रकम राजश्वमा दाखिला नगरी ३६ प्रतिशत ब्याज लगाउँदै खाँदै आएका छन् । सिपाहीहरुले श्रीमतीलाई दिनुपर्ने रकमसमेतको ब्याज खाएका र सेनापतिले कारवाही गर्ने भनेपश्चात सो रकम सम्बन्धितको खातामा पठाउने गरेका छन् ।

भुवन अधिकारीको साथीलाई पदोन्नति हुने गरी राय दिएपछि भुवनले उनकै कार्यकक्षमा आई ५ लाख रुपैयाँ दिएका थिए । प्राडको नयाँ भर्ना हुँदा पैसा खाने गरेका उनले हाल कसैले पैसा नदिँदा जाँच दिन आउनेलाई सैनिक कानुनमा फेल गराउने गरेका छन् ।

राशन टेण्डर, ठेक्कापट्टा र जग्गा मुद्दामा ठेकेदार तथा जग्गाधनीसँग डिलिङ्ग गरी जिताउने सेनालाई हराई कमिसन खाँदै आएका छन् । उदाहरण : ठेकेदार सन्ध्या सुब्बा, इटहरी जग्गा, भक्तपुर जग्गा र सुन्दरीजलको जग्गा मुद्दा हुन् । ठेकेदार सुब्बाबाट लिएको रकमबाट भक्तपुर दुवाकोटमा ७२ आना जग्गा किन्न सेनाको नापी जमदार, निजकी श्रीमती र प्राड अधिकृतसहित गएका थिए । राष्ट्रपतिको गाडी खरिदका ठेकेदारबाट समेत मोटो रकम लिएका छन् । उनले जग्गा प्लानिङ गर्न कम्पनी खोलेका छन् । जसमा सेनानी राजकुमार रञ्जितकार संलग्न छन् ।

चर्चित मैना सुनुवारको मुद्दामा निरञ्जन बस्नेतबाट रु. ५ लाख रुपैयाँ लिई सफाइ दिएबाट निजले अदालतबाट समेत सफाई पाएको तर निर्दोष व्यक्तिहरुलाई कारवाही गरिएको छ । २०७२ सालको भूकम्प जाँदा नभत्केको आफ्नै घरमा सिपाहीलाई भित्रबाट गारो खन्न लगाई भत्केको भनी कागजात पेश गरेर राहत रकम लिन सफल भएको र सोही आधारमा सस्तो दरमा बैंकबाट रकम निकाली ३६ प्रतिशत ब्याजमा लगाएर खाँदै आएका छन् ।

निजले नगदसँग सम्बन्धित मुद्दामा मृगेन्द्र बस्नेत, जग्गाको मुद्दामा राजकुमार रञ्जितकार, ठेक्कापट्टामा ओम भट्ट र अरुको खबर पत्रिकामा निकाल्न अमित प्याकुरेललाई लगाउँदै आएका छन् ।  सैनिक विशेष अदालतको पेशी राख्ने तर हटाउने गरेकामा नयाँ सेनापति आएपछि पेशी राख्ने गरेका छन् । सिंखडा, गुरुङ, अधिकारी, थापा, बस्नेत, खड्काको मुद्दामा सेटिङ्ग भएको छ । अधिकारीबाट मिति २०७८।०५।३० गते लिएको रकमबाट साँखुमा जग्गा किनेको छ ।

यसरी कमाएको रकमबाट बर्दिया, बाँके, चितवन, भक्तपुर, स्याङ्जा, निजगढ र काठमाण्डौमा घरजग्गा जोड्न सफल भएको हुँदा अकूत सम्पत्तिको छानबिन गरी आवश्यक कारवाही गर्नका लागि यो निवेदन गरेको छु । यिनैले भर्खरै अवकास प्राप्त रक्षा सचिवका लागि सेनाको क्लबमा लेबलसहितको भव्य पार्टी आयोजना गरेका थिए । सो पार्टीको सम्पूर्ण खर्च अर्को जर्नेल समेतबाट भराए । उनले सबैखाले मुद्दामा यसरी हरेक रक्षा सचिवलाई विशेष अदालत बस्दा आफूखुशी नचाउने गरेका छन् ।

उनले मेजर राजकुमार रञ्जितकारमार्फत डीएमआई जमदार दुर्गा सिम्खडाबाट मिति २०७८।०४।०८ गते नगद लिई प्रधानसेनापतिमा कारबाही नगर्न सिफारिस गरेका थिए । सरोजप्रताप राणा जरसाबले कारबाही गर्नु भन्दा पनि रत्नप्रकाशले कारवाही गरेमा गणपतिको जागिर खाने भनी धम्काई कोर्ट अफ इन्क्वायरी रोकेका छन् । रवि शाक्यको मुद्दामा मृगेन्द्र बस्नेतमार्फत् ५ लाख खाएर उनलाई पुनरावेदन गर्न लगाएका छन् ।

– मुद्दामा झुलाइएका अफिसरहरू

टिप्पणीहरू