भाडा नबढे ट्यांकर साहुजीहरुले तेल नओसार्ने

भाडा नबढे ट्यांकर साहुजीहरुले तेल नओसार्ने

नेपाल आयल निगमले इन्धन ढुवानीको भाडा समायोजना नगरेको भन्दै ट्यांकर व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । भाडा बढाउन भदौ १ गतेसम्मको अल्टिमेटम दिँदै ट्यांकर व्यवसायी महासंघले सडकमा उत्रने घोषणा गरेको गरेका हुन् ।

जसअनुसार भदौ २ गतेदेखि यथास्थितिमा पेट्रोलियम ढुवानी नगर्ने, पिडियो नलिने र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने महासंघले बताएको छ ।

निगमसँग पटक पटक सहमति भए पनि हालसम्म भाडा समायोजन नभएको महासंघको गुनासो छ । गत साउन १५ गते पत्रमार्फत सम्पूर्ण ढुवानीकर्ताको समस्या राख्दा पनि निगमले बेवास्ता गरेको व्यवसायीहरुको आरोप छ ।

महासंघले भनेको छ, ‘हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने भएकाले सम्पूर्ण खर्च निगमले व्यहोरेर सञ्चालन गर्न चाहेमा महासंघमार्फत निगमलाई ट्याङ्करसमेत उपलब्ध गराइने जानकारी गराइन्छ ।’

टिप्पणीहरू