झापाको ईंटाभट्टामा ब्राउन सुगरको कारोबार

झापाको ईंटाभट्टामा ब्राउन सुगरको कारोबार

झापाबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना समातिएका छन् । दमक नगरपालिका–९ ईंटाभट्टाबाट गौरादह नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई गएराति इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

को.२९ प.२२३४ मोटरसाइकल सवार उनीहरुलाई चेकजाँच गर्दा २५ ग्राम ब्राउन सुगर र १० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार मोटरसाइकल र दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू