एम्बुलेन्सको ठक्करले महिलाको निधन

एम्बुलेन्सको ठक्करले महिलाको निधन

मकवानपुरको मनहरी गाउँपालिका–९, खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा हुन् ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना. २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिँडिरहेकी शोर्पालाई ठक्कर दिएको बताइन्छ । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

एम्बुलेन्स चालक फरार रहेकाले खोजी भइरहेको छ ।

टिप्पणीहरू