बेनी हाइड्रोबाट सामान चोर्नेहरु समातिए

बेनी हाइड्रोबाट सामान चोर्नेहरु समातिए

सोलुखुम्बुमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा तीन जना समातिएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका- २ र ३ मा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका-११ का ३५ वर्षीय कुलबहादुर राई, सोही नगरपालिका-३ मा अस्थायी बसोवास गर्दै आएका ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ का ३२ वर्षीय भलाकाजी तामाङ छन् ।

आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट फलामको पाताहरु बा१६च ५२६९ नम्बरको बोलेरो गाडीमा राखेर लैजाने क्रममा उनीहरुलाई फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

टिप्पणीहरू