लोसपा पनि निर्वाचन आयोगमा दर्ता

लोसपा पनि निर्वाचन आयोगमा दर्ता

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दल भएको छ ।

मङ्सिर चारको निर्वाचन प्रयोजनका लागि सो पार्टीका नेताहरुले आज बहादुर भवनस्थित आयोग कार्यालय पुगेर दल दर्ता गराएका हुन् । लोसपाको मूल दर्ता नम्बर ९५–५०२ रहेको छ । ठूला पार्टीबाट लोसपा निर्वाचन आयोगमा दर्ता हुने दोस्रो पार्टी बनेको छ ।

यसअघि मंगलबार एमाले आयोगमा दर्ता भएको थियो । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबारदेखि आउँदो मंगलबारसम्म दल दर्ताको समय दिइएको छ ।

टिप्पणीहरू