विदेशस्थित दुतावासमा काउन्सिलर र श्रम सहचारीका लागि आवेदन खुल्ला

विदेशस्थित दुतावासमा काउन्सिलर र श्रम सहचारीका लागि आवेदन खुल्ला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका केही मुलुुक तथा दक्षिण कोरियाका लागि काउन्सिलर तथा श्रम सहचारीको आवेदन खुला गरेको छ ।

मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर र दक्षिण कोरियाको सिओलमा काउन्सिलर नियुक्त गर्न लागेको हो ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सको अबुधावी, साउदी अरेबियाको जेद्दा, ओमानको मस्कट र मलेसियाका लागि श्रम सहचारीको आवश्यकता परेको बताइएको छ ।

राजपत्राङ्कित द्धितीय श्रेणीका कर्मचारीलाई काउन्सिलर र राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीलाई श्रम सहचारीका रुपमा नियुक्ति गरिँदै आएको छ ।

‘काउन्सिलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार तोकिएबमोजिम मापदण्ड पुगेका कर्मचारीलाई ३५ दिनभित्र आवेदन गर्न भनिएको छ ।

टिप्पणीहरू