स्कुटरबाट खसेर पूर्ववडाध्यक्षको निधन

स्कुटरबाट खसेर पूर्ववडाध्यक्षको निधन

स्याङ्जाको वालिङ नगरपालिका–१३ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ सवारी दुर्घटनामा बितेका छन् ।

उनले चलाएको ग.१६ प ५४६१ नं को स्कुटर आज बिहान करिब ७ बजेतिर दुर्घटनामा परेको थियो । सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल स्कुटरसहित उनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

टिप्पणीहरू