बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झौखेलबाट समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झौखेलबाट समातिए

बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्त समातिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल का ४४ वर्षीय शिवराजा थापा पक्राउ परेका हुन् ।

उनलाई बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट १ महिना १५ दिनकाे कैद सजाय र ८५ लाख ९६ हजार ५ सय रूपैयाँ जरिवाना तोकिएको थियाे । त्यसयत्ता फरार रहेका थापा हिजो समातिएका हुन् ।

उनलाई नियन्त्रणमा लिएर कारवाहीको निम्ति पक्राउ पुर्जी जारी गरि प्रहरी कार्यलय जगन्नाथदेवल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

टिप्पणीहरू