अछाममा सडक बनाउन ७४ करोड बजेट

अछाममा सडक बनाउन ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले अछाममा सडक निमार्णका लागि झण्डै ७४ करोड बजेट छुट्टाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट विनियोजन गरेको हो । जसमा सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउने योजना समेटिएका छन् ।

ती योजनाहरु पूर्वाधार विकास कार्यालय अछामबाट सञ्चालन हुने बताइएको छ । जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले बताएको छ ।

चिसापानी–जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याइएको छ भने विनायक–लयाटी –पुल्लेलोला– रामारोशन र चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडकलाई पाँच/पाँच करोड बजेट परेको छ ।

टिप्पणीहरू