नासुको समर्थनमा कर्मचारी संगठनले सडक तताउने

नासुको समर्थनमा कर्मचारी संगठनले सडक तताउने

नायब सुब्बाहरुको आन्दोलनलाई सशक्त बनाउन निजामती कर्मचारीका राष्ट्रियस्तरका ट्रेड युनियनहरु सडकमा ओर्लने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीनिकट कर्मचारी संगठनहरुले आज अपराह्न ४ बजे माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणासहित नासुहरुको आन्दोलनमा समर्थन र एक्यवद्धता जनाएका हुन् ।प्रमुख राजनीतिक पार्टीनिकट पाँच कर्मचारी संगठनहरुका अध्यक्षहरुले संयुक्त विज्ञप्ति निकाल्दै ‘राजपत्र अनंकित् कर्मचारी संरक्षण अभियान’ को नामबाट हुँदै आएको दबाबमूलक कार्यक्रमको स्वामित्व आफूहरुले लिने उद्द्घोससमेत गरेका छन् । विज्ञप्तिमा राजपत्राङ्कित पदहरुमा तलब वृद्धि गर्दा पद मर्यादा अनुरुप व्यवस्थापन गर्ने गरी नयाँ तलबमानमा लिएको आधार राजपत्र अनंकित तथा श्रेणीविहीन पदमासमेत सोही व्यवस्था कायम गरी तत्काल लागू गर्न कर्मचारी संगठनहरुको माग छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा १५ प्रतिशत तलब वृद्धिको घोषणा भएपनि अधिकृतदेखि माथिका कर्मचारीहरुको मात्र तलब बढेपछि नासुहरु असन्तुष्ट छन् । उनीहरुले सोमबार सिंहदरबारभित्र ‘पेन डाउन’ गरेर त्यसको विरोध पनि गरेका थिए ।

लगत्तै सोही दिन कर्मचारी संगठनका नेताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विभेदपूर्ण तलबमान सच्याउन ध्यानाकर्षण गराएका थिए ।

टिप्पणीहरू