अन्यत्र भोलि बिहान जनैपूर्णिमा, दिउँसो गाईजात्रा तर भक्तपुरमा आजै जनैपूर्णिमा

अन्यत्र भोलि बिहान जनैपूर्णिमा, दिउँसो गाईजात्रा तर भक्तपुरमा आजै जनैपूर्णिमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा पर्व एकैदिन परेको जानकारी गराएको छ । समितिकाअनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । दुई वटा पर्व एकैदिन परेकोमा सर्वसाधारणमा अन्यौल सिर्जना भएपछि समितिले प्रष्ट पार्दै उक्त कुरा बताएको छ ।

धर्मशास्त्र, संस्कृत र परम्परामा असर पर्ने भ्रामक र नकारात्मक टिकाटिप्पणी एवम् प्रचारप्रसार समेत भइरहेको जनाउँदै समितिले कुनै सन्देह नराखी आफ्ना धार्मिक कार्य गर्न गराउन भनेको छ । आज साँझ पूर्णिमा तिथि शुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलि जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।

यसअघि वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५ र २०७० सालमा पनि यो वर्षको जस्तै अवस्था रहेकाले एकैदिन जनैपूर्णिमा मनाइएको समितिले स्मरण गराएको छ । यता, भक्तपुर नगरपालिकाले भने आज जनैपूर्णिमा मनाउँदैछ । गाईजाात्रा भोलि मनाउने निर्णय गरेको छ ।

टिप्पणीहरू