बैशाखभन्दा मंसिरलाई ३० हजार थप म्यादी प्रहरी

बैशाखभन्दा मंसिरलाई ३० हजार थप म्यादी प्रहरी

आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय संसदको निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदानस्थल र मतदान केन्द्रको संख्या बढ्ने भएकाले गत स्थानीय तहको निर्वाचनमाभन्दा ३० हजार बढी म्यादी प्रहरी चाहिने भएको हो ।

सोहीबमोजिम प्रहरी प्रधान कार्यालयले एक लाख ३० हजारको संख्यामा म्यादी प्रहरी भर्नाको प्रस्ताव गृह मन्त्रालयमा पठाउन लागेको छ । गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएपछि म्यादी भर्नाको लागि दरखास्त आह्वान हुनेछ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो । आगामी निर्वाचनमा कारागारभित्र रहेका कैदी बन्दीले समेत मतदान गर्ने भएकाले म्यादी प्रहरी बढाउनु परेको हो । आगामी निर्वाचनको निम्ति स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइने सरकारी नीति छ ।

टिप्पणीहरू