कालिबाबा काठमाडौं आउनुअघि महेश बस्नेत ओमानतर्फ

कालिबाबा काठमाडौं आउनुअघि महेश बस्नेत ओमानतर्फ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत ओमानको राजधानी मस्कट गएका छन् । उनी हिजो बिहान सलाम एअरको उडान नम्बर ओभी ४२७ बाट त्यसतर्फ गएको बताइन्छ ।  बिहान सवा ८ बजे उडेको विमानमा एक सय ७१ जना नेपाली र चार जना विदेशी भएको एअरको काठमाण्डौस्थित कार्यालयले जनाएको छ ।

हिजै भारतबाट कालीबाबा नेपाल आएका छन् । उनी नयाँ दिल्लीबाट भिष्तारा एअरको उडानमा दिउँसो सवा ४ बजे काठमाडौं ओर्लिएका हुन् । पछिल्लो समय काठमाडौंमा विभिन्न नाम धारण गरेका साधुसन्त र बाबाहरुको उपस्थिति बाक्लो हुँदै गएको छ ।

टिप्पणीहरू