मधेस प्रदेशमा झण्डै ३ सय कर्मचारी मागियाे

मधेस प्रदेशमा झण्डै ३ सय कर्मचारी मागियाे

प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी भर्ना थालेको छ । उसले पदपूर्तिका निम्ति दरखास्त आह्वान गरेको छ । करार सेवामा कर्मचारी भर्नाको निम्ति प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दरखास्त आह्वान गरेको बताइएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ल्याब टेक्निसियन एक सय ३६ र प्रशासनतर्फ कार्यालय सहयोगी एक सय ३६ जना मागिएको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवदेन दिन सक्नेछन् ।

टिप्पणीहरू