पुथा उत्तरगंगामा धमाधाम करार भर्ती

पुथा उत्तरगंगामा धमाधाम करार भर्ती

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले धमाधम करारमा कर्मचारी भर्ना गरिरहेको छ । खुला दरखास्त आह्वान पश्चात् लिखित, मौखिक र प्रयोगात्मक परीक्षा सञ्चालन गरी नयाँ कर्मचारी भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पालिकामा कार्यरत सबै करार कर्मचारी हटाएको उत्तरगंगाले पहिलो चरणमा ४५ जना कर्मचारी करारमा भर्ना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले हालैमात्र बालशिक्षा सहयोगी कार्यकर्ता, कृषि, पशु सेवासहित स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको जानकारी दिए । उनका अनुसार बालशिक्षामा १५ जना, कृषि र पशु सेवातर्फ ५÷५ जना, अहेव १० जना, अनमी ७ जना र ल्याबमा तीन जना भर्ना गरिएको हो ।

गाउँपालिकाले प्रावि, निमावि र मावि तहका ८१ जना शिक्षक नियुक्तिको प्रक्रिया पनि अघि बढाएको छ । प्रावितर्फ ४१, निमावितर्फ ३० र मावितर्फ ११ जना शिक्षक भर्नाको प्रक्रिया जारी छ ।
पालिकामा यसअघि एक सय ८२ जना शिक्षक मात्र करारमा कार्यरत थिए । त्यस्तै ठूलो संख्यामा अन्य कर्मचारी पनि कार्यरत थिए । आवश्यकताभन्दा बढी कर्मचारी भएपछि पुरानालाई हटाएर नयाँ भर्ना खोलिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिए । कर्मचारी कटौतीको अवस्था आएपछि विवादरहित तवरले पुनः भर्ना खुलाइएको उनको भनाइ छ ।

टिप्पणीहरू