ट्रकको ठक्करबाट पैदलयात्री बिते

ट्रकको ठक्करबाट पैदलयात्री बिते

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । हिजो साँझ जुगेडीमा ट्रकले सडक छेउमा हिँडिरहेका २५ वर्षे पुरुषलाई ठक्कर दिएपछि उनको मृत्यु भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार हिजो राति सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ को जुगेडीमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ग. १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

टिप्पणीहरू