टोखामा दिनदहाडै सुनको सिक्री लुछियो « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

टोखामा दिनदहाडै सुनको सिक्री लुछियो

प्रकाशित मिति :  २५ श्रावण २०७९, बुधबार १८:५०


मध्यदिनमा सुनको सिक्री चुँडाएर लुछ्ने एक जना समातिएका छन् । धरान उपमहानगरपालिका–११ घर भई हाल काठमाडौ महानगरपालिका–१६ बस्ने २६ वर्षे ज्ञानेन्द्र सेन्चुरीलाई प्रहरीले पक्रेको छ ।

उनी अस्ति दिउँसो टोखा नगरपालिका ८, भुवनेश्वरी मन्दिर नजिकै पैदल हिँडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाइएको सुनको सिक्री तानेर भागेका थिए । तर नयाँ बसपार्क क्षेत्रमा खटिएको प्रहरी टोलीले उनलाई टोखाबाटै नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सुनको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । सेन्चुरीविरुद्द मुलुकी अपराधसंहिता ऐन, २०७४ को ‘चोरी तथा डाँका सम्बन्धी’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !