माछा चोरलाई कारबाही, सुराकीलाई पुरस्कार

माछा चोरलाई कारबाही, सुराकीलाई पुरस्कार

डडेलधुराको आलिताल गाउँपालिका ३ मा रहेको आलितालको माछा चोर्नेलाई कारबाही गरिने भएको छ । संरक्षित क्षेत्रबाट माछा चोरी हुन थालेपछि वडा कार्यालयले चोरलाई जरिवाना गर्न लागेको हो ।

विकास बजेटबाट आलिताल परिसरमा छाडिएका माछाको भुरा रातको समयमा चोरी हुन थालेको कार्यालयले जनाएको छ । ताल परिसरका कुरुवाले लिखित तथा मौखिक जानकारी दिएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

पहिलोपटक माछा चोरेको भेटिएमा पाँच हजार र दोस्रो पटक १० हजार जरिवाना गराइने बताइएको छ । तेस्रो पटकमा कानूनअनुसार कारबाही र वडाबाट प्राप्त हुने सम्पूर्ण सेवासुविधा बन्द गर्ने चेतावनी कार्यालयले दिएको छ ।

साथै, आलितालमा माछा मारिरहेको सुराक प्रमाणसहित दिनेलाई वडा समितिको निर्णयानुसार नगद पुरस्कार दिइने छ ।

टिप्पणीहरू