दिल्लीको दिल किन दुखेछ ?

दिल्लीको दिल किन दुखेछ ?

आखिर मोदी सबभन्दा नजिकको छिमेकी देशका प्रधानमन्त्रीसँग किन चार–चारपटक लुकामारी खेल्दै हुनुहुन्छ ?

पछिल्लो समय विकसित घटनाक्रममा केन्द्रित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्न चाहनुभएको दुई होइन, चारपटक रहेछ ।

प्रधानमन्त्री निवासस्रोतका अनुसार, उहाँले गर्नुभएको चारवटै प्रयास भारतीय बेवास्ताको शिकार बन्यो र त्यसको अन्तिम श्रृंखला थियो, जेठ ६ गते ।

आखिर मोदी सबभन्दा नजिकको छिमेकी देशका प्रधानमन्त्रीसँग किन चार–चारपटक लुकामारी खेल्दै हुनुहुन्छ ? यही प्रश्न जनआस्थाले भारतीय मूलधार गतिविधिबारे जानकार स्रोतसँग सोध्यो ।

भारतले लिम्पियाधुरा–लिपुलेकमा सडक निर्माण थाल्नुअघि सन् २०१५ मा त्यस क्षेत्रलाई चीन र भारतको व्यापारिक स्थल बनाउने सम्झौता भइसकेको थियो र त्यहीँदेखि नेपालमा यो विषय चर्कोसँग उठ्यो । भारतले त्यतिबेलै आफ्नो नक्सा जारी गरेर ती भूभागलाई आफ्नो देशको दावी गर्यो । र, यो कुरामा नेपालमा चर्कोसँग विरोध चलिरहेको भारतले उतिबेलै बुझेको हो । त्यही घटनाक्रम विकास हुँदै हुँदै अहिले नेपालको तर्फबाट पनि अद्यावधिक नक्सा जारी भएको छ । तर, मोदीको मन दुखेको यसमा होइन । उहाँको मन हाम्रा प्रधानमन्त्रीले संसदमा गर्नुभएको मन्तव्यमा व्यक्त भाषामाथि हो । जुन कुराले आजसम्म पनि मोदीको मन खुश हुन सकेको छैन ।

संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने सन्दर्भमा प्रधानमन्त्री ओलीले भारतबारे टिप्पणी गर्नुभयो, ‘सिंहमेव जयते र भारतीय कोरोना अन्तको भन्दा डरलाग्दो’ जस्ता भाषामा ।

नेपाली भूमिमाथिको अतिक्रमणको विरोध गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रतीक चिह्नमा अंकित ‘सत्यमेव जयते’ नभई ‘सिंहमेव जयते’, अर्थात् सिंहको जस्तो बलजफ्ती भूमिका भनी टिप्पणी गर्नुभयो ।

नेपालका प्रधानमन्त्रीले राख्नुभएका उपरोक्त धारणा गलत हैनन् । किनभने, नेपालप्रति भारतीय भूमिका सदैव त्यस्तै छ । ‘तर,एउटा देशको संसद बैठकभित्र त्यो देशको प्रधानमन्त्रीले अर्को देशको प्रतीक चिह्नमाथि प्रश्न उठाउन पाउँछ कि पाउँदैन ?’

भारतीय प्रधानमन्त्री मोदी आजसम्म पनि यही प्रश्नमा घोत्लिनुभएको विश्लेषकहरु बताउँछन् ।

उनीहरु भन्छन्, ‘संसदीय मर्यादा,त्यहाँ प्रयुक्त भाषा र शैली आमसभामा गरिएको भाषणजस्तो वा जुलुस,र्यालीहरुमा उफ्रिएको शैलीका हुँदैनन् । त्यसमा पनि एउटा सार्वभौम देशको संसदबाट अर्को सार्वभौम देशको प्रतीक चिह्नबारे नकारात्मक टिप्पणी भएको विषय मोदी,गान्धी वा कुनै निश्चित भारतीय पात्र हैन, सिंगो मुलुकको भावना कसैले भड्काउन चाहेमा यौटा राम्रो हतियार पनि हो । यही हतियार अर्नव गोस्वामी मार्काले दुरुपयोग गर्न थालेका पनि हुन् ! ’

टिप्पणीहरू