बालाजुको जुत्ता कारखानामा आगलागी

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौँको बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरीसहित दमकल र तीन वटा ट्याङ्करमार्फत आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण पनि आउन बाँकी रहेको छ।

टिप्पणीहरू