चीनको क्वेइचौमा दुर्लभ सुनौलो बाँदरको संरक्षण (भिडियोसहित)

चीनको क्वेइचौमा दुर्लभ सुनौलो बाँदरको संरक्षण (भिडियोसहित)

चीनले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले अति लोपोन्मुख प्रजातिको सूचिमा राखेको सुनौलो बाँदर वा नेप्टे नाक भएको बाँदर (snub-nosed monkey) को उच्च स्तरको संरक्षण गर्दै आइरहेको छ।

चीनमा पाइने सुनौलो बाँदरका तीन प्रजातिमध्ये क्वेइचौको सुनौलो बाँदरको सबैभन्दा सानो जनसंख्या भएको,सबैभन्दा साँघुरो बासस्थान र सबैभन्दा कम पारिस्थितिक जानकारी भएको मध्ये एउटा रहेको र उत्तरपूर्वी भागस्थित माउन्ट फान्जिङ्सान यसको एक मात्र बासस्थान रहेको जनाइएको छ ।यस प्रकारका दुर्लभ प्रजातिले तीन देखि छ वर्ष लगाएर एक वा कहिलेकाहीं दुई सन्तान जन्माउने गरेको बताइएको छ ।

हालैका वर्षहरूमा फान्जिङसान राष्ट्रिय प्रकृति संरक्षण केन्द्र अन्तर्गतको वन्यजन्तु उद्धार केन्द्रको प्रयासमा क्वेइचौ सुनौलो बाँदरले कृत्रिम प्रजननको माध्यमबाट यी लोपोन्मुख बाँदरका तेस्रो पुस्ताको जन्म गराइएको छ, जुन यस किसिमको वैज्ञानिक अनुसन्धान र सुनौलो बाँदरको प्रजननमा एउटा ठूलो सफलता रहेको उल्लेख गरिएको छ ।

 

श्रोत: सिन्ह्वा

टिप्पणीहरू