अमेरिका–चीन–ताइवान तनावको बाछिटा दक्षिण एशियासम्म

अमेरिका–चीन–ताइवान तनावको बाछिटा दक्षिण एशियासम्म

अमेरिकी सभामुख नेन्सी पेलोसीले अघिल्लो मंगलबार गरेको २४ घण्टे ताइवान भ्रमणपछि प्रशान्त महासागरीय क्षेत्रमा बढेको तनावको असर दक्षिण एशियामासमेत देखिन थालेको छ । चीन ‘एक चीन नीति’ को पक्षमा विश्वमत बटुल्न व्यस्त रहेको बेला दक्षिण एशियाको प्रमुख राष्ट्र भारतको भूमिका ‘सन्देहपूर्ण’ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारतकै कारण श्रीलंकाले त्यहाँ पुगेको एउटा चिनियाँ जहाजलाई बन्दरगाहमा पस्न नदिएको घटनालाई ताइवान तनावको रुपमा व्याख्या गरिएको छ । चीनको युआन वाङ ५ पानी जहाजलाई श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा रोक्न नदिइएको घटनालाई चीनले पनि सुक्ष्म रुपमा विश्लेषण गरेको बताइन्छ । पश्चिमा सञ्चारमाध्यमहरुले उक्त जहाज जासुसी प्रयोजनमा खटाइएको उल्लेख गरेका छन् भने चीनले महामारी रोक्न प्रयोग गरिने स्वास्थ्य सामग्री र उद्धार टोली बोकेको जहाज भएको जानकारी दिएको छ ।

यता चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान प्रकरणमा भारतबाहेक दक्षिण एशियाका नेपाल, अफगानिस्तान, बङ्गलादेश,माल्दिभ्स, म्यानमार,पाकिस्तान र श्रीलंकासहित सयभन्दा बढी मुलुकले एक चीन नीतिप्रति दृढ प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ । उहाँले हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

टिप्पणीहरू