प्रहरीभित्र श्रीमान र श्रीमतीको मात्रै सुविधा खोज्नमा रोक « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

प्रहरीभित्र श्रीमान र श्रीमतीको मात्रै सुविधा खोज्नमा रोक

प्रकाशित मिति :  २५ श्रावण २०७९, बुधबार १२:००


नेपाल प्रहरीमा कार्यरत कर्मचारीले प्रायः श्रीमान वा श्रीमतीलाई भेट्ने बहाना बनाउन थालेपछि यो प्रवृत्ति लाई रोक्न नयाँ जुक्ति निकालिएको छ । वैधानिक तवरले श्रीमान वा श्रीमती बेला बेलामा भेट्न खोज्नु न्यायोचित भएको तर ड्युटीमा रहेकालाई सधैं घरपायक खटाउन अप्ठेरो परेकाले नयाँ सरुवा नीति बनाइएको बताइएको छ ।

नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुमध्ये पछिल्लो अभिलेखअनुसार ५६ हजार ८६४ जना संगठनभित्रैका कर्मचारीसँग विवाहित छन् । अर्थात् त्यति कर्मचारीका श्रीमान र श्रीमती नै प्रहरी सेवामा छन् । तीमध्ये धेरैजसोले विभिन्न समस्या देखाई जिल्ला सदरमुकाम,शहरी क्षेत्र र लामो समयसम्म दरबन्दी भएको इकाइमै सरुवा माग्ने प्रवृत्ति बढेको स्रोतको दाबी छ ।

प्रचलित ऐन,कानुन कार्यान्वयन क्रममा तल्लो तहका कार्यालयमा समेत महिला कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर अब विभिन्न मापदण्डको अधिनमा रही श्रीमान,श्रीमती दुबै जनाको एकै ठाउँ दरबन्दी बनाउन चाहनेसङ्ग निवेदन माग गरिएको छ । तोकिएको ढाँचामा दिइएको निवेदन साउन २९ गतेभित्र मानवस्रोत विकास विभागमा पठाउन भनिएको छ ।

“श्रीमान वा श्रीमतीलाई एउटै जिल्ला,ईकाइमा पाँच वर्षभन्दा लामो अवधिससम्म नखटाइने,प्रहरी कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा सरुवा नगरिने उल्लेख छ । तोकिएको अन्य मापदण्डमा यसपटक बाहेक अब उप्रान्त शैक्षिक सत्र परिवर्तन हुनुभन्दा एक महिनाअगाडि मात्र सरुवा गरिने र श्रीमान श्रीमतीको दरबन्दी मिलान बढीमा दुई पटक मात्र हुने भनिएको छ ।”

त्यसैगरी श्रीमान,श्रीमतीको रुपमा कार्यरत कर्मचारीहरुको विवाह दर्ताको प्रमाणपत्र पेश गरेर सम्बन्धित कार्यालयको पत्रसहित पठाउन उक्त विभागले हिजो मातहतका सबै कार्यालयलाई जानकारी गराएको छ । अन्य विभाग तथा निकायलाई सो को बोधार्थ दिइएको छ ।

तर त्यस्ता कर्मचारीका श्रीमान वा श्रीमतीलाई एउटै जिल्ला,ईकाइमा पाँच वर्षभन्दा लामो अवधिससम्म नखटाइने,प्रहरी कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा सरुवा नगरिने उल्लेख छ । तोकिएको अन्य मापदण्डमा यसपटक बाहेक अब उप्रान्त शैक्षिक सत्र परिवर्तन हुनुभन्दा एक महिनाअगाडि मात्र सरुवा गरिने र श्रीमान श्रीमतीको दरबन्दी मिलान बढीमा दुई पटक मात्र हुने भनिएको छ ।

पत्रमा लेखिएको छ,‘सरुवा मिलान गर्दा दुर्गम,सुगम र स्थानीयतालाई आधार मानिने छ । श्रीमान,श्रीमतीको दरबन्दी मिलान गर्दा दुबै जनाको दरबन्दीमध्ये जसको नयाँ सरुवा भएको छ,सोही स्थानमा सरुवा गरी मिलान गरिने छ ।’

मापदण्डको सातौं बुँदामा लामो समयसम्म अलग–अलग दरबन्दी भई बसेकालाई अन्यत्र जिल्लाभित्र एकै स्थानमा सरुवा गरिने र आठौं बुँदामा एउटै प्रदेशभित्र दरबन्दी रहेका प्रहरी कर्मचारीहरुको सरुवा मिलान सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाटै हुने स्पष्ट पारिएको छ ।


प्रतिक्रिया दिनुहोस !