केन्द्रीय बैंकको अद्यावधिक काम,कहिले जाला घाम

केन्द्रीय बैंकको अद्यावधिक काम,कहिले जाला घाम

मुलुकको केन्द्रीय बैंकले सार्वजनिक गर्ने कुनै पनि तथ्याङ्क र विवरणलाई विश्वभरका मुुलुकमा आधिकारिक मानिन्छ । विशेषगरी बैंकले प्रकाशित गर्ने मौद्रिक र वित्तीय क्षेत्रका विवरणमा आशंका गरिँदैन । स्वायत्त निकाय भएकाले उसका तथ्याङ्क र विवरणलाई सबै क्षेत्रले बढी विश्वास गर्छन् ।

तर नेपाल राष्ट्र बैंकले आफ्नो वेवसाइटमा प्रकाशित गरेका केही विवरणले उक्त संस्थाको मर्यादालाई नै गिज्याएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायले सार्वजनिक गरेको एउटा विवरणमा उक्त अवस्था देखिएको हो । सामान्यतयाः बौद्धिक व्यक्तित्वको बाहुल्य हुने भनिएको मान्यता नेपालको हकमा केन्द्रीय बैंकमा क्रमशः स्खलित हुन थालेको बताइन्छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले नयाँ आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा पनि वेवसाइटमा चैत मसान्तको विवरण राखेको छ । चार महिना सकिन लाग्दा पनि विवरण अद्यावधिक नहुँदा बैंकिङ क्षेत्रकाले अचम्म मानेका हुन् । त्यसमा पनि विवरण अशुद्ध र अपुरो हुँदा सर्वसाधारणमा भ्रम पर्न गएको छ ।

चुस्त कार्यको लागि बैंकमा विभाग, महाशाखा,फाँट र डेस्कको व्यवस्था गरिएको छ । अधिकांश उपनिर्देशक तहका कर्मचारीलाई फाँटको जिम्मेवारी तोकिएको बताइन्छ । तर,कार्य गुणस्तरबाट त्यस्ता फाँट र विभागको हैसियत छर्लङ्ग भएको त्यहिँका कर्मचारी स्वीकार्छन् ।

‘उहाँहरु निरीक्षणमा आउँदा हाम्रो साना तिलजत्रा कुरालाई पहाड बनाउनुहुन्छ । तर, आफ्ना पहाड जत्रा कुरालाई संशोधन गर्नेतर्फ ध्यान दिएको पाइएन,’

नियमन विभागले आफ्नो वेब पृष्ठमा राखेको बैंक तथा वित्तीय संस्थाहरुको विवरणमा विभिन्न क्याटेगोरी छुट्याइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनी र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था मात्रै वर्गिकरण गर्न पाइन्छ । साथै, केन्द्रीय बैंकले थप दुई वटा वर्ग ताेकी अन्य संस्था र पूर्वाधार विकास बैंकको वर्गिकरण समेत गरेको छ । लघुवित्त संस्थाहरु चौथो नम्बरमा रहे पनि अन्य संस्था र पूर्वाधार विकास बैंकलाई सातौं र आठौं नम्बरमा राखिएको छ । पाँचौं र छैठौं नम्बरमा कुन संस्थाकाे वर्गिकरण गरिएको भन्नेबारे केन्द्रीय बैंक मौन देखिन्छ ।

उक्त विवरणमा भएको त्रुटीहरु उल्लेख गर्दै एक जना बैंकरले भने, ‘तोकिएको समयमा पठाइएका विवरण पनि अद्यावधिक गरिएको छैन । सिभिल बैंकको केन्द्रीय कार्यालय कमलादीबाट सुन्धारास्थित सिटिसी मलमा सरेको लामो समय भएको छ । तर राष्ट्र बैंकले उक्त बैंकको हेड अफिसको ठेगाना कमलादी नै उल्लेख गरेको छ ।’ त्यसैगरी कुमारी बैंकको मुख्य कार्यालय दरबारमार्गबाट टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सामुन्ने सरेको जानकारी पठाएको वर्षौं भइसक्दा पनि केन्द्रीय बैंकले पुरानै ठेगाना राख्नुको औचित्य नबुझिएको उनले बताए ।

लघुवित्त कम्पनीहरुको वर्गिकरण जिल्ला,प्रदेश र राष्ट्रियस्तरमा हुने गरेको छ । तर, १ नम्बर प्रदेशबाहेक अरु सबैले प्रदेशको नामाकरण गरिसकेको पनि धेरै भइसकेको छ । केन्द्रीय बैंकले अझै विवरणमा प्रदेशहरुलाई नम्बरको आधारमा तोकेको पाइन्छ । पहिलेझैँ मधेश प्रदेशलाई २, बागमतीलाई ३, गण्डकीलाई ४, लुम्बिनीलाई ५, कर्णालीलाई ६ र सुदूरपश्चिमलाई ७ नम्बर उल्लेख गरिएको छ । जुन गैरजिम्मेवारी र लापरवाहीको पराकाष्ठ भएको ती संस्थाका कर्मचारीले बताएका छन् । ‘उहाँहरु निरीक्षणमा आउँदा हाम्रो साना तिलजत्रा कुरालाई पहाड बनाउनुहुन्छ । तर, आफ्ना पहाड जत्रा कुरालाई संशोधन गर्नेतर्फ ध्यान दिएको पाइएन,’ एउटा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

उनका अनुसार क्रम संख्या १० मा रहेको गुह्येश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडको कार्यक्षेत्रमा उल्लेख गरिएको लापरवाहीले पराकाष्ठा नाघेको देखिन्छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको उक्त फाइनान्सको कार्यक्षेत्र ‘ध’ भनिएको छ । केन्द्रीय बैंकको सर्कुलरबमोजिम अहिलेसम्म कार्यक्षेत्र त्यस्तो एउटा अक्षरले तोकिएको कुनै पनि संस्था छैन । तर गुह्येश्वरीको हकमा नियमनकारी निकायले नै महिनौंदेखि उक्त विवरण सार्वजनिक गरिरहेको पाइन्छ ।

अन्य संस्थाको वर्गिकरणमा विदेशी बैंकको कार्यालयसँगै, सहकारी बैंक र अन्य कम्पनीहरुलाई एकै ठाउँमा राखिएको छ । पछिल्लो पूर्वाधार विकास बैंकलाई छुट्टै वर्गिकरण गरिँदा विद्यमान बैंक तथा वितीय संस्था सम्बन्धी ऐन र नियमको ख्याल नपुर्याएको भन्नेहरु प्रशस्तै भेटिएका छन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/List-of-BFIs-Chaitra-2078-Nepali-1.pdf”]

टिप्पणीहरू