अमेरिकी जल सेनाको जहाज भारतमा मर्मत

अमेरिकी जल सेनाको जहाज भारतमा मर्मत

अमेरिकी जल सेनाको जहाज भारतमा मर्मत गर्न थालिएको छ । उक्त कार्यले दक्षिण एसियाली क्षेत्रमा इन्डो–अमेरिकी रणनीतिक साझेदारीमा नयाँ आयाम थपेको बताइएको छ । युएस नेभी जहाज चार्ल्स ड्र्यु आवश्यक मर्मत र सेवाको लागि कट्टुपल्ली,चेन्नईको लार्सन एन्ड टर्बो लिमिटेडको सिपयार्डमा लगिएको छ ।

भारतमा अमेरिकी नौसेनाको जहाज मर्मत गरिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी जल सेनाको उक्त जहाज,एउटा सुख्खा कार्गो,गोला बारुदमा प्रयोग गरिने हवाइजहाज पनि मर्मतको लागि त्यहाँ पुगेको छ । आगामी ११ दिनभित्र मर्मत सक्ने गरी सिपयार्डले जिम्मा लिएको बताइएको छ ।

भारतीय रक्षा मन्त्रालयले मर्मतका लागि अमेरिकी नौसेना जहाजको भारत आगमनले ‘मेक इन इन्डिया’ र ‘सुरक्षामा आत्मनिर्भरता’ लाई ठूलो प्रोत्साहन मिलेको अर्थ लगाएको छ । अमेरिकी जहाजलाई स्वागत गर्न रक्षा सचिव अजय कुमार सिपयार्डमा पुगेका थिए । उनले यसबाट इन्डो–प्यासिफिक र बाँकी विश्वव्यापी साझा प्रणालीमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भारतमा करिब दुई अर्ब डलरको कारोबार भएका छ वटा प्रमुख सिपयार्ड रहेको बताइन्छ ।

टिप्पणीहरू