बाबुराम भट्टराई बालुवाटारमा, सत्ता गठबन्धनमा जाेड

बाबुराम भट्टराई बालुवाटारमा, सत्ता गठबन्धनमा जाेड

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराइले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कुराकानी भएको हो ।

भेटमा सत्ता गठबन्धन, चुनावी तालमेलबारे कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री देउवाले भट्टराईको पार्टीलाई सत्ता गठबन्धनमा सामेल गर्न आफू सकारात्मक रहेको बताउँदै भन्नुभयो, ‘ यसबारे गठबन्धनमा रहेका अन्य दलसँग पनि कुरा गर्नुपर्छ ।’

पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि बालुवाटारको भेटवार्तामा रहनुभएको बताइएको छ । सो क्रममा अध्यक्ष भट्टराईले वर्तमान सत्ता गठबन्धनको निर्माणमा आफूहरूको ठूलो भूमिका रहेको प्रधानमन्त्रीलाई स्मरण गराउनुभएको थियो ।

टिप्पणीहरू